लाओसविरुद्ध नेपाललाई दोब्बरको अग्रता, नवयुगले गरे सानदार गोल

लाओसविरुद्ध नेपाललाई दोब्बरको अग्रता, नवयुगले गरे सानदार गोल

केन्द्रबिन्दु
0
Shares

फरवार्ड नवयुग श्रेष्ठको सानदार गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध अग्रता दोब्बर पारेको छ ।

दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलको दोस्रो हाफको ५६ औं मिनेटमा फरवार्ड नवयुगले लामो दुरीबाट सानदार गोल गरेका हुन् । उनले मैदानको मध्यभागबाट प्राप्त बलमा पहिलो टचमा नै पोष्टको जारी चुमाएका थिए । 

त्यसअघि नेपालले पहिलो हाफको ३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । 

Logo