लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने चार दलको तयारी

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने चार दलको तयारी

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहितका दलहरुले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन्।

पाँच दल र स्वतन्त्र सासदहरुको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुुख्यमन्त्री लीला गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए। गत पुस २७ गते नेकपा माओवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नतृत्वमा सरकार बनेको थियो। 

सरकार गठनका लागि समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीसँगै लुम्विनी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ। समर्थन फिर्तासँगै लुम्विनी प्रदेशमा नयाँ सरकार गठनको छलफल सुरु हुन थालेको छ ।

माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार लुम्विनी प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलहरु बाहिरिने तयारीमा रहेको बताए । बिहीबार  नेपाली कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसा र स्वतन्त्र सासंदहरुबीच छलफल हुन लागेको र यसबारे निर्णय लिन आज  दिउँसो  माओवादी संसदीय दलको बैठक बस्दैछ । 

Logo