नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले सत्ता गुमेपनि जनताको साथमा आफ्नो पार्टी बलियो रहेको बताएका छन्।
जनताको साथमा रहने पार्टी नेकपा एमाले मात्र रहेको उल्लेख गर्दै उनले एमालेले जनमत र जनताको भरोसा नगुमाएको साथै जनताले बढि माया गर्ने परिस्थिति आएको बताए । को प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री बन्यो, को बनेन भन्ने भन्दा पनि आस्था र विश्वास ढल्ने कुराले चिन्तित तुल्याएको बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सान्दर्भिकता समाप्त भएको र प्रचण्डमा वामपन्थी चेत र चेतना अनि निष्ठा नभएको आरोप लगाए। त्यस्तै थापाले नेपाली काँग्रेस सँग एमाले सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पारे।































प्रतिक्रिया