सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।

करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ। 

Logo