पानामासँग खेल्दै अर्जेन्टिना, डि मारिया भन्छन्- जित्नैपर्ने दवाब छ

पानामासँग खेल्दै अर्जेन्टिना, डि मारिया भन्छन्- जित्नैपर्ने दवाब छ

केन्द्रबिन्दु
0
Shares

पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । 

गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएपछि ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने यो खेल अर्जेन्टिना राष्ट्रिय फुटबल टोली (अल्बिसेलेस्टे)को पहिलो खेल हो ।

मैत्रीपूर्ण खेलका लागि टिकट दुई घण्टाभन्दा कम समयमा बिक्रि भएको छ र अर्जेन्टिनाका नागरिकहरुले लियोनल मेसी र उनका सहकर्मीहरूलाई व्यापक सम्मान गर्दै खेल शुरू हुनु अघि नै खेलस्थल वरपरका सडकहरू शुभेच्छुकको ‘बाढी आउने’ अपेक्षा गरिएको छ ।

डि मारियाले बुधबार राति पत्रकारहरूसँग भने, “टोलीले के ग-यो भनेर मानिसहरू उत्साहित छन् र हामीले यसलाई समूहको रूपमा आनन्द लिनुपर्छ ।”

उनले थपे- “टिकट विक्रीले जे देखाएको छ त्यो पक्कै पनि टोली प्रतिको अपार शुभेच्छा र सम्मान हो । आशा छ भोलि सबै कुरा शान्त हुनेछ अर्थात् सबैले अपेक्षा गरे अनुसार नै नतिजा आउने छ ।”

युभेन्टस फुटबल क्लबका प्रसिद्ध अर्जेन्टिनी खेलाडी मारियाले भने, “मानिसहरुलाई यति खुसी देख्नु अनौठो कुरा हो । यो धेरै राम्रो छ र हामी हरेक दिन यसको आनन्द लिइरहेका छौं ।”

उनले थपे, “हामीले कतारको प्रदर्शनबाट नहौसिएर अगाडिको नतिजाप्रति ध्यान केन्द्रित गरी खेल्नुपर्छ । टाली व्यवस्थापक लियोनल स्कालोनीले खेल आफ्नो जीतमा आउने गरी खेल्न निर्देशन दिनुभएको छ ।”

अर्जेन्टिनाले मङ्गलबार सान्टियागो डेल एस्टेरोको एस्टाडियो युनिकोमा हुने अर्को मैत्रीपूर्ण खेलमा कुराकाओसँग खेल्नेछ । -सिन्ह्वा

Logo