काठमाडौं ।
सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आज सुन प्रतितोला ७ सयले बढदै ९८ हजार २ सयमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७६० कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३५ रुपैयाँ बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।





























प्रतिक्रिया