हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका तराईका एक वा दूई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





























प्रतिक्रिया