जाजरकोट ।
जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ। सात जना सिकिस्त बिरामी परेका छन् । च्याउ खाएर स्थानीय जनक चलाउनेकी ३ वर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको छ।
उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो । ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीय कल्पना चलाउने, ९ वर्षीय नीरुता सिंह, १२ वर्षीया धनसरा चलाउने तथा १४ वर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेका गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए।
उनीहरुलाई थप उपचारको लागि सुर्खेत लैजान सेनाको हेलिकप्टर मगाइएको अध्यक्ष बस्नेतले जानकारी दिए । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए। उनीहरुको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुँदा गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतको भनाइ छ।अन्नपूर्णबाट





























प्रतिक्रिया