गण्डकीमा ३० दिनभित्र नयाँ सरकार बन्ने

गण्डकीमा ३० दिनभित्र नयाँ सरकार बन्ने

केन्द्रबिन्दु
0
Shares

गण्डकीमा माओवादीले सरकारको समर्थन फिर्ता लिएसँगै अहिलेको सरकार अल्पमतमा परेको छ।

एमाले, माओवादी र राप्रपाका ३२ सांसदको समर्थनमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका हुन्। माओवादीका ८ सांसदले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभा रहेको गण्डकीमा सरकार बनाउनका लागि ३१ सांसदको समर्थन चाहिन्छ। अहिले अधिकारी नेतृत्वको सरकारसँग २४ सीटको मात्रै समर्थन  रहेको छ । 

एमाले श्रोतका अनुसार अधिकारीले ३० दिन पूरै सरकार चलाउने र अन्तिम समयमा राजीनामा दिने बुझिएको छ ।श्रोतले भन्यो,  ‘२९ दिनसम्म यही सरकार रहन्छ। अन्तिममा राजीनामा दिनुहुन्छ।’ नयाँ गठबन्धनसँग ३६ सांसद छन्। माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेको छ भने काँग्रेसले सरकारको नेतृत्व नछोड्ने बुझिएको छ।

Logo