‘समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य’ -प्रधानमन्त्री प्रचण्ड

‘समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य’ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक गतिविधिहरुमा महिलाको सहभागिता अनिवार्य रहेको बताएका छन् । 

शनिवारबाट काठमाडौंमा शुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागिता पहिलो प्राथमिकता राख्नुपर्ने बताए । 

उनले महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामुलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने बताए । उनले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको रहेको र लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको पनि बताए ।

संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै महिलाको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उनले दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिए । 

Logo