जसपाले विधानको मस्यौदामाथि सुझाव संकलन गर्दैँ

जसपाले विधानको मस्यौदामाथि सुझाव संकलन गर्दैँ

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)  नेपालले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीव्रता दिएको छ ।

जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रम गरेर सुझाव संकलन गरिरहेको छ । लुम्बिनीले चैत १३ गते र कोसीले चैत १७ गते विधानमाथि सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्न लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

शनिबार मधेस प्रदेशको कलैया, वाग्मतीको काठमाण्डौं, गण्डकीको पोखरा, सुदूरपश्चिमको धनगढीमा मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रम गरिएको छ।

 

Logo