नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्ने जनाइएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, काँग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल भइरहेको छ ।





























प्रतिक्रिया