अमेरिकी राजदूतद्वारा नेपाली पक्षसँग एमसीसीबारे जिज्ञासा (भिडियोसहित)

अमेरिकी राजदूतद्वारा नेपाली पक्षसँग एमसीसीबारे जिज्ञासा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा अमेरिकी पक्षले चासो राखेको छ ।

आइतबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन् ।

गत असार १६ गते संसदबाट एमसीसी पारित गरिसक्नु पर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे जानकारी दिएका छन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिए । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सहसचिव सुनारको भनाइ छ । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताएका थिए । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेको पोखरेलले बेरीलाई जानकारी गराएका थिए । भिडियोमा :

 

 

Logo