गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो।
गत शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्। उनले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्।
हाल दुवै पक्षलाई झिकाएर यसबारेमा छलफल गराउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी बृत्तले जनाएको छ ।





























प्रतिक्रिया