आज काठमाडौं ‌उपत्यकामा ६ जना संक्रमित थपिए

आज काठमाडौं ‌उपत्यकामा ६ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ।

यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ तथा स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा आइतबार पनि ८ जना थपिएका थिए । यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४२३ पुगेको छ । जसमा काठमाडौंमा २८८ जना, ललितपुरमा ८६ र भक्तपुरमा ४९ जना रहेका छन् ।

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४८ पुग्यो । आज मात्र ३ जना थपिएका हुन् । बारा, धनुषा र वीरगंजमा गरि आज ३ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । आज १३९ जना थपिएका छन् । आइतबार १३० जना थपिएका थिए । शनिबार १०९ जना थपिएका थिए । शुक्रबार १३३ जना थपिएका थिए । विहिबार १४७ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १३ हजार ७५४ जना पुगेको छ । आज ६२६ जना निको भएका छन् । आइतबार ७५ जना निको भएका थिए । शनिबार १०६ जना निको भएका थिए । शुक्रबार १०७ जना निको भएका थिए । विहिबार १५६ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ४८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Skip This
Skip This
Logo