काठमाडौं ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ वस्तिमा भएको घटना बाहिर सार्वजनिक भए जस्तो नभएको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तिमा आगो लगाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको बताएका हुन् । उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्कोठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यस ठाउँमा खेती किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए ।
उनले बाँकी ८ घर मध्ये एक जनाको गोठ समेत परेको बताए । उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही नभएको बताए । स्थानान्तरण भएका व्यक्तिहरु पुनः फर्किएर त्यस ठाउँमा बस्ति बसाउने गरी माचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटेको हुन सक्ने मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतले नेपाली सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइरहेको बताए । उनले कुटपिट किन भयो र कसरी मृत्यु भयो भन्ने विषयमा छानविन भइरहेको समेत बताए ।
कुसुमखोला घटना मानव अधिकार विरुद्धमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले बताए । उनले निकुञ्जको संरक्षण गर्ने जिम्मेवारी निकुञ्ज प्रशासनको भए पनि कारबाही गर्ने तरिका उचित नभएको बताए । उनले घटनाप्रति छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने बताए ।भिडियोसहित :





























प्रतिक्रिया