इनफ इज इनफको सत्याग्रहका लागि कांग्रेसको ऐक्यबद्धता

इनफ इज इनफको सत्याग्रहका लागि कांग्रेसको ऐक्यबद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड १९ को सबल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ समूहका युवाहरुलाई भेट गरी कोभिड नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका हुन् । युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज माग प्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता जनाएको उनले बताए ।

कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको उनले बताए । युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।

इनफ इज इनफ समूहका युवाहरु १० दिनदेखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका छन् ।

Logo