काठमाडौं ।
तत्कालीन समाजवादी पार्टीबाट निष्कासित प्रतिनिधिसभाकी सदस्य सरिता गिरीको ठाउँमा पार्टीले लीलादेवी सिटौलालाई पठाएको छ।
जनता समाजवादी पार्टीको सिफारिसमा निर्वाचन आयोगले गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित गर्ने भएको हो ।
सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक गरेको नेपालको नयाँ नक्सा संविधानको अनूसूचीमा समावेश गर्न ल्याइएको संविधान संशोधन प्रस्तावविरुद्ध संशोधन हालेपछि सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।
त्यसपछि उनलाई पार्टीले पार्टीको सदस्य र सांसद दुवै पदबाट निष्कासन गरेपछि गिरीको पद रिक्त भएको थियो ।





























प्रतिक्रिया