सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।  मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफलभ भए पनि कुनै सहमति हुन सकेको थिएन ।

नेपाली काँग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विना निस्कर्ष टुंगिएको थियो । 

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका कार्यक्रमहरू पनि परिमार्जन गरेका हुन् ।  

Logo