गोलबजारका मेयर श्रेष्ठमाथि मोबिल छ्याप्दै आक्रमणको प्रयास, राजमार्ग अवरूद्ध

गोलबजारका मेयर श्रेष्ठमाथि मोबिल छ्याप्दै आक्रमणको प्रयास, राजमार्ग अवरूद्ध

केन्द्रबिन्दु
0
Shares

सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि आक्रमणको प्रयास भएपछि राजमार्ग अवरूद्ध भएको छ । 

मंगलबार एक समूहले मेयर श्रेष्ठमाथि कार्यालयबाट बाहिर जाने क्रममा मोबिल छ्याप्दै आक्रमणको प्रयास गरेपछि नेकपा एमालेका कार्यकर्ताले आज गोलबजारस्थित राजमार्ग अवरूद्ध गरेका हुन् । उनीहरुले आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् । 

पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ समेत रहेका उनीमाथि आक्रमणको प्रयास गर्दा उनको बचाउमा एमाले सडकमा उत्रिएको हो । टायर बालेर प्रदर्शन हुँदा सवारी आवतजावत अवरूद्ध भएको थियो । 

मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ। घटनामा संलग्न अन्यको भने खोजी कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।  

Logo