सभ्यता जोगाउनसके लिपुलेक लिम्पियाधुरा पनि जोगाउन सकिन्छ- मेयर शाह

सभ्यता जोगाउनसके लिपुलेक लिम्पियाधुरा पनि जोगाउन सकिन्छ- मेयर शाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।

बुधवारबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रको सरकार नटिकिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए ।

उनले कामनपाले वागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए । उनले पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताएका छन् । 

उनले भने, ‘केन्द्रको सरकार नटिकिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरैकुरा जोडिएको छ। वागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छे भन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पती जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’

मेयर शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । उनले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्ने कुरालाई वास्तविकतामा उतार्नपर्ने बताएका छन्।

उनले न्याय माग्न ११ दिन काठमाडाैँ महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरे। 

मेयर शाहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर,परिवारमा नै सरकार छ भन्ने अनुभुति जनतालाई दिन सक्नुपर्नेमा जोड दिएका छन् । 

Skip This
Skip This
Logo