बारा- २ लाई जनमतले छाड्दैनः सीके राउत

बारा- २ लाई जनमतले छाड्दैनः सीके राउत

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । 

बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उनको जित हुने प्रवल सम्भावना रहेको पनि बताए । 

उनले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गरे । 

अध्यक्ष राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गरे । ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाई थियो । 

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकीर समेत गरे । 

Skip This
Skip This
Logo