श्रीराम सुगर मिल्स सधैंका लागि बन्द

श्रीराम सुगर मिल्स सधैंका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रौतहटको श्रीराम सुगर मिल्स सधैंका लागि बन्द भएको छ ।

लामो समयदेखि घाटामा रहेको र बचाउने प्रयास गरे पनि उद्योगलाई जोगाउन प्रयास गर्दा पनि नसकेपछि कम्पनी बन्द भएको हो । कम्पनि आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ घाटामा गएको छ ।

यो उद्योगमा गोल्छा र विशाल समूहको लगानी रहेको छ । सुरुवातमा गोल्छा समूहको मात्रै लगानी भएको यो उद्योगमा चार वर्ष अघि विशाल समूहले २५ प्रतिशत सेयर किनेको थियो । यो उद्योगले रौतहट जिल्ला तथा वरपरका स्थानीयलाई रोजगारी दिनुको साथै उखु खेती लगाउन प्रोत्साहित गर्दै आएको थियो ।

उद्योगले चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलब र सुविधा भुक्तानी गरिने जनाएको छ । यो उद्योग नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छ । यस उद्योगको कारोबार पनि बन्द भएको छ । सोमबार कम्पनीको तीन पटकको कारोबारमा ७ सय १० कित्ता शेयरको प्रतिकित्ता ३३८ मा २ लाख ३९ हजार ९ सय ८० रुपैयाँको शेयर कारोबार भएको छ ।

Logo