सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै टुंगिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कुनै सहमति जुटाउन नसकेपनि बिहीबार साँझसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय भने भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘केही कुरा मिलाउन बाँकी छ। प्रधानमन्त्रीज्यूले होमवर्क गरेर अन्तिम रुप दिनुहुन्छ। भोलि नै सपथ ग्रहण गराउने भन्ने छ।’ उनले भने ।
मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै १६ मन्त्रालय हेर्दै आएका छन्।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत १० दलका शीर्ष नेता सहभागी थिए ।





























प्रतिक्रिया