सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

केन्द्रबिन्दु
0
Shares

आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । 

आज अपरान्ह ४ बजेबाट मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म रथयात्रा भएको हो । त्यस्तै आज नै ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ । चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ । 

त्यस्तै चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ । 

Skip This
Skip This
Logo