सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी रहेकाे छ । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई दुई/दुई मन्त्रालय दिने सहमति भएको छ । मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई दिन माग गरेका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक/एक मन्त्रलय लिने सहमति भएको बताइएको छ । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।





























प्रतिक्रिया