आठ बर्षपछि जुरे पहिरो पीडितले नगद राहात पाउने

आठ बर्षपछि जुरे पहिरो पीडितले नगद राहात पाउने

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ बर्ष पछि नगद राहात पाउने भएका छन् । 

गत मंगलबार  बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिराे पीडितले उक्त राहत रकम पाउन लागेका हुन ।  स्थानीय तहको समन्वयमा पीडितको तथ्याङ्क एकिन गरी मापदण्ड बनाएर रकम दिनका लागि निर्देशन भएको सिन्धुपाल्चोक–१ सांसद  माधव सापकोटाले जानकारी दिए ।

उनका अनुसार नेपाल बैंक लिमिटेड, चौतारा शाखामा रहेको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउनका लागि मन्त्रीपरिषदको निर्णयसँगै अब खुल्ला हुन पुगेकाे छ ।

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिदा गएको पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको सार्वजनिक भएको थियो ।

Skip This
Skip This
Logo