राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरुले के-के बोले ?

राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरुले के-के बोले ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरुको समस्या तत्का समाधान गर्न सरकारलाई अनुरोध गरेका छन् । 

बिहीवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरुसँग वार्ता गरी समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका हुन् । उनले सामन्तवादको अवशेषको रुपमा रहेको शोषणको नयाँ रुप मिटरब्याजको रुपमा आएको बताए । 

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदुरपश्चिममा कार्तिक २२ गतेदेखि निरन्तर भूकम्प गइरहेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षा र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । सुदूरपश्चिम भुकम्पको उच्च जोखिमममा रहेको भन्दै यसबाट बच्च अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउनुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै, राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले २०७२ सालको भूकम्पमा भत्किएको नेपाल राष्ट्रिय पुस्तकालयलाई भक्तपुरको पुरानो ठिमीमा लगेर व्यवस्थापन गर्ने प्रयास गरिएको भएपनि उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रविधिमैत्री पुस्तकालय बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । 

Logo