नेपाली कांग्रेसले तनहुँ- १ मा हुने उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई आगामी वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ- १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तै, कांग्रेसले बारा २ मा जसपालाई सघाउने निर्णय गरेको छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनकै जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।





























प्रतिक्रिया