काठमाडौं ।
सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।





























प्रतिक्रिया