प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर फर्किएका छन्। प्रचण्ड पौडेललाई भेट्न बिहान साढे ९ बजे शीतलनिवास पुगेका थिए। मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयमा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।
आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले त्यसअघि राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ।





























प्रतिक्रिया