सम्मानजनक सहभागिता नपाए सरकारबाहिरै बस्छौँ- शेखर कोइराला

सम्मानजनक सहभागिता नपाए सरकारबाहिरै बस्छौँ- शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसभित्र मन्त्री बनाउने विषय पेचिलो बनेको छ । संस्थापनइतर समूहले सम्मानजनक सहभागिताको माग गरेको छ । शुक्रबार बिहान समूहका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

उनले भने, “हामी छलफलमा बसेको थियौँ । सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने र बाहिरै बस्ने भनेर हामीले प्रधानमन्त्री र सभापति दुवैलाई भनेका छौँ,” 

छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको जनाइएकाे  छ ।  शेखर समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेकाे छ भने,संस्थापन समूहले दुई मन्त्रालयकाे माग गरेकाे  छ । 

Skip This
Skip This
Logo