प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई व्यवसायी दुर्गा प्रसाईले खादा र माला लगाएर सम्मान गरेका छन् ।

आज एक पत्रकार सम्मेलनमा उनले तीन युवालाई सार्वजनिक गरेका थिए। उनले बोलेकै भरमा हिरासतमा राख्ने प्रहरी र उनीहरूसँग धरौटी माग्ने अदालत दुवैको निर्णय गलत भएको बताए ।

प्रसाईले भने,‘उहाँहरू हाम्रो अभियानसँग जोडिनुभएका व्यक्ति होइन। तर, हामीसँग मिल्ने एजेन्डाहरू उठाउनुभएको हुँदा उहाँहरूलाई सम्मान गर्न चाहेका हौं’।

प्रसाईले मिटरव्याज र बैंकबाट पीडितहरूको पक्षमा आवाज उठाउँदा प्रहरीले दमन गरेको आरोप लगाए । उनले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

Logo