१६ औँ संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा गुजरात टाईटन्सले जितका साथ सुखद सुरुआत गरेको छ ।
अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो। चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे थियाे । चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले ।
रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए । राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।
चेन्नाईका लागि हिजाेकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।





























प्रतिक्रिया