इटाली एआई च्याटबोट च्याट जीपीटीमाथि प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश बनेको छ । च्याट जीपीटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ ।
च्याटबोट च्याट जीपीटीले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसले जसरी प्रश्नहरूको जवाफ दिन्छ । यसले मानिसको लेखनशैलीको नक्कलसमेत गर्छ । नियामकले ओपन एआईलाई “तत्काल प्रभावका साथ“ प्रतिबन्ध लगाएको बताएको छ। च्याट जीपीटीमाथि आफ्नोतर्फबाट छानबिन गर्ने जनाएको छ।
माइक्रोसफ्टले यसका लागि अर्बौँ डलर खर्च गरेको छ । यसलाई गत महिना आफ्नो सर्च इन्जिन बिंगमा थपेको छ । इटालियन तथ्यांक-संरक्षण प्राधिकरणले यस मोडेलमा तथ्यांकसँग जोडिएको चिन्ता रहेको बताएको बीबीसी हिन्दीले लेखेको छ ।





























प्रतिक्रिया