तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण कार्यक्रम गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण गरिएको छ ।
भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो ।सदरमुकाम तम्घासभित्रका विभिन्न ठाउँमा रहेका कुकुरहरुलाई विशेष सामग्रीको सहायतामा छोपेर भेटेनरीको कार्यालयमै लगेर बन्ध्यारकण गरिएको थियो । बजारमा भुस्याहा कुकुरको आतंक बढेपछि भेटेनरी कार्यालयले बन्ध्याकरण र रेबिजबिरुद्धको सुई लगाउने कार्यक्रम संचालन गरिएको हो ।
जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार ५१ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए । तीन दिनसम्म २६ पोथी कुकुर र ७० भाले कुकुरको बन्ध्यारकण गरिएको छ । बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजबिरुद्धको खोप पनि लगाइएको काफ्लेले बताए । उक्त कार्यक्रमको लागि भेटेनरी कार्यालयले दुई लाख र रेसुङ्गा नगरपालिकाले यातायात र काठमाडौ आएका प्राविधिकहरुलाई आवास खर्च व्यहोरेको थियो ।





























प्रतिक्रिया