मधुशाला गोलीकाण्ड- तीन मारिए, एक जनाको अवस्था गम्भीर

मधुशाला गोलीकाण्ड- तीन मारिए, एक जनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । शनिबार राति ९ बजेतिर ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ ।

घटनाको छानबिन भइरहेको छ भने यो समाचार तयार पार्दासम्म थप विवरण प्राप्त भएको छैन् । 
 

Logo