काठमाडाैं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित जीडब्लुएम (ग्रेट वाल मोटर्स) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जीडब्लुएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने संकेत दिएको छ । कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढाएको छ ।
प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ एक्सपिरियन्स प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ । यसका साथै आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ ।
विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक कोटिङ टेक्नोलोजीयुक्त बाह्य सतहले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने चर्चा पनि बजारमा भइरहेको छ । यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
जीडब्लुएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा युजर–सेन्ट्रिक इनोभेसनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ । यही विश्वव्यापी अनुभव र अत्याधुनिक प्रविधिको संयोजन अब नेपाली ग्राहकहरूले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच जीडब्लुएमको आगामी विद्युतीय एसयूभीलाई बजारको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। प्रिमियम डिजाइन, एडभान्स्ड टेक्नोलोजी, उत्कृष्ट पर्फर्मेन्स तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।
प्रमुख विशेषताहरू :
५२० किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज
३६० डिग्री सराउन्ड भ्यु क्यामेरा र ब्लाइन्ड स्पट मनिटरिङसहितको आत्मविश्वासी ड्राइभिङ एक्सपिरियन्स
७ एयरब्यागद्वारा सुरक्षित यात्राको सुनिश्चितता
१८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यु टेक्नोलोजीसहित थप सहज र सुरक्षित ड्राइभिङ अनुभव
उद्योगकै अग्रणी एईबी र एमईबी सुरक्षा प्रविधि
२० भन्दा बढी एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टम (एडास) सुविधाहरू
भविष्यको अनुभव दिलाउने स्मार्ट ककपिट
कफी ओएस ३.० एआई सिस्टमद्वारा सञ्चालित बुद्धिमान प्रविधि
वन–टच कन्ट्रोलमार्फत सहज तथा झन्झटरहित सञ्चालन
भेन्टिलेसन सुविधासहित ६–तरिकाले विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रिमियम ड्राइभर सिट
पाँच–स्तरीय ब्याट्री सेफ्टी सिस्टम
शहरदेखि राजमार्गसम्म हरेक यात्राका लागि ४ स्मार्ट ड्राइभिङ मोड
कम्पनीले गाडीसम्बन्धी थप जानकारी तथा औपचारिक घोषणा छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।





























प्रतिक्रिया