सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘इकर्जा–झ्याप्पै क्याम्पेन’ सार्वजनिक

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘इकर्जा–झ्याप्पै क्याम्पेन’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपालमै पहिलोपटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बिमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान ‘इकर्जा– झ्याप्पै क्याम्पेन’ शुभारम्भ गरेको छ।

डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत योग्य बिमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत ऋण प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत ग्राहकहरूले अधिकतम रु. २ लाखसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन्। साथै, ऋण आवेदन गर्दा लाग्ने रु. ५० सेवा शुल्कमा सय प्रतिशत क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यो सेवाको सबै प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेकाले कुनै कागजी प्रक्रिया वा अतिरिक्त दस्ताबेज आवश्यक पर्दैन। योग्य बिमितहरूले आफ्नो ऋण योग्यता सूर्यज्योति मोबाइल एपमार्फत सहजै जाँच गर्न सक्नेछन्। त्यसपछि ग्राहकहरूले उपलब्ध गराइएको खल्ती लिंकबाट सिधै वा खल्ती एपमार्फत प्रक्रिया पूरा गरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्।

Logo