ट्राफिक प्रहरीद्वारा क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरु

ट्राफिक प्रहरीद्वारा क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ। कार्यालयले गत बिहीबारदेखि यस्तो सेवाकाे शुरुवात गरेको हो ।

सवारी साधनको कागजपत्र हराएको भनी प्राप्‍त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिन थालेको हो।

सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्‍युआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo