आईपीएलमा राजस्थानसँग हैदराबाद पराजित

आईपीएलमा राजस्थानसँग हैदराबाद पराजित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्सले शानदार जितकाे सुरुवात गरेको छ । आइतबार भएको खेलमा राजस्थान ७२ रनले विजयी भएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५ विकेटको क्षतिमा २०३ रन बनायो । कप्तान सञ्जु स्याम्सनले ५५ तथा जस बट्लर र यसस्वी जैसवालले ५४-५४ रन बनाए । हैदराबादका लागि फजहल हक फारुकी र टी नटराजनले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको हैदराबादको सुरुवात निकै खराब रहेकाे थियाे। बिना कुनै रन बनाउँदा टोलीले दुई विकेट गुमाएको थियो । अन्ततः टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेकाे हाे ।

Logo