लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकका दुई वटा मात्रै सम्भावित कार्यसूची सार्वजनिक भएका छन् । प्रदेशसभाले ‘विजनेश’ नपाउँदा अहिलेसम्म बैठक बस्न सकेको थिएन।
सभामुख तुलाराम घर्तीको निर्देशनमा आजको बैठक आह्वान गरिएको हो। गत फागुन १७ मा छैठौँ बैठक बसेको थियो। त्यसपछि चैत ७ गते बैठक बस्नेगरी सूचना जारी गरिएपनि अन्तिममा आएर बैठक स्थगित गरिएको थियो।
आज बस्ने बैठकमा प्रदेश सभासदस्यहरूले वशेष समयमा बोल्ने र मुख्यमन्त्री लीला गिरीले,’लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।































प्रतिक्रिया