कुपन्डोलमा आगोलागी हुँदा १३ वटा सवारीसाधन जलेर नष्ट

कुपन्डोलमा आगोलागी हुँदा १३ वटा सवारीसाधन जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ ।

तत्कालै दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएपनि ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । बिहान ३ बजेर ४० मिनेटमा एक्कासि आगलागी भएकाे हाे ।  आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । 

Logo