आज मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चैत १७ गते काँग्रेसबाट ४, एकीकृत समाजवादि नेपालबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् । बढीमा २५ मन्त्रमण्ड बनाउन पाउने संवैधानिक व्यवस्था अनुसार दुई राज्यमन्त्री  पद पनि खाली छन् ।

Logo