बारा -२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले गराए मनोनयन दर्ता

बारा -२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले गराए मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

समर्थकहरुसहित कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका अध्यक्ष यादवले मनोनयन दर्ता गरेका हुन् ।  सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।

गत मंसिरको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएपछि यादव उपनिर्वाचन लड्न लागेका हुन् ।बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् 

Skip This
Skip This
Logo