नागरिक उन्मुक्ति पार्टी (नाउपा)का डा. कमरुल्लाह अन्सारीले बारा २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन् ।
यसअघि बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् । नाउपा पनि गठबन्धनमै छ तर, उम्मेदवारी दर्ता गराएको हो ।































प्रतिक्रिया