प्रधानमन्त्री प्रचण्डले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।
गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डकाे १०० दिनको उपलब्धि उनकाे सचिवालयले ३७ बुँदामा सार्वजनिक गरेको हो । सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समावेश छन् । साथै जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने पनि उल्लेख गरिएकाे छ ।
हेर्नुहोस्, पूर्णपाठ-





























प्रतिक्रिया