आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ ।

हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ ।महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए ।  

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गरिएको छ । महावीर जयन्तीका अवसरमा नेपाल जैन परिषद्ले जैन भवन कमलपोखरीमा अहिले साढे ९ बजे  कार्यक्रम गर्दैछ ।

दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो ।

उनले राजकीय सुखसुविधा त्यागेर ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको र १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् ।
 

Logo