राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्।
चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले घरदैलोका क्रममा मंगलबार भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । तर, उनले आफूविरुद्ध जति मुद्दा हाले पनि नडराउने र ५ वर्षपछि रास्वपाले एकल सरकार बनाउने दाबी गरेका छन् ।
‘म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन। ’उनले भने ।
रास्वपालाई भलिबलको संज्ञा दिँदै सभापति लामिछानेले जति पछार्न खोज्यो त्यति नै उफ्रने भएकाले अब २२ सिटसहित संघीय संसद भवन छिर्ने दाबी गरेका छन् । सिंहदरबार कसरी चल्छ भनेर सरकारमा गएको ३० दिनमा अनुभव भएको बताएका उनले अव सिंहदरबार कसरी चलाउनुपर्छ भनेर सिकाउन संसदको यात्रामा जोडिन खोजेको पनि बताए ।































प्रतिक्रिया