हर्कलाई ‘सिलाम साक्मा’ लगाइदिँदै बालेनले भने- विकासको बाटो कसैले छेक्न नसकोस्

हर्कलाई ‘सिलाम साक्मा’ लगाइदिँदै बालेनले भने- विकासको बाटो कसैले छेक्न नसकोस्

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेका छन् ।

मंगलबार दिउँसो मेयर साम्पाङ र मेयर शाहबीच राष्ट्रिय सभामा भेटवार्ता भएको हो । सो अवसरमा उनीहरूले एकअर्कालाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए । सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ। साथै उनीहरूबीच समसामयिक विषयमा कुराकानी पनि भएको थियो । 

सो अवसरको तस्विर सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले भनेका छन्, ‘" सिलाम साक्माले" मृत्युको बाटो छेकेझै , नेपालमा बिकाशको बाटो कसैले छेक्न नसकोस ।’

केहीसमयअघि उनीहरुबीच सामाजिक सञ्जालमा घोचपेच पनि भएको थियो । तर, अहिले भने सम्बन्धमा सुधार आएको बुझ्न सकिन्छ । मेयर साम्पाङले पनि सामाजिक सञ्जालमै तस्विर राख्दै रमाइलो कुराकानी भएको उल्लेख गरेका थिए । 

मेयर साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघासहितको टोली धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएका हुन् । 

Skip This
Skip This
Logo